अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले सानो भएको भए सिद्ध्याउँथे : अध्यक्ष ओली

एमाले सानो भएको भए सिद्ध्याउँथे : अध्यक्ष ओली


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेविरुद्ध एक्लै लड्न नसक्ने भएपछि ‘प्रतिक्रियावादी शक्तिहरू’ मिलेको टिप्पणी गर्नु भएको छ ।

नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा आज आयोजित कार्यक्रममा अध्यक्ष ओलीले  प्रतिक्रियावादी शक्तिहरू मिलेको बताउनु भएको हो।

अध्यक्ष ओलीले भन्नुभयो, ‘हाम्रा विरुद्ध प्रतिक्रियावादी शक्तिहरू किन मिल्नु पर्‍यो ?’ बाख्रो खानु पर्‍यो भने कोही पनि हुल बाँधेर जाँदैन । अर्ना खानु पर्‍यो भने बाघ पनि हुल बाँधेर आउँछ । अहिले एमालेविरुद्ध त्यसैगरी हुल बाँधेर आएका छन् । एमाले सानो भए पनि सिध्याउँथे । एमाले मस्तिष्क हेर्दा कम्प्युटर भन्दा तगडा छ र मसल हेर्दा अलिबाबा भन्दा ठूलो छ ।’

अध्यक्ष ओलीले एमालेले शक्तिशाली शक्तिका भएका कारण सोहीकारण पाँच दलले गठबन्धन बनाएर एमालेमाथि जाइ लागेको टिप्पणी गर्नुभयो ।

अध्यक्ष ओलीले देशको रुपान्तरणका लागि एमालेलाई तीनै तहको चुनावमा जिताउनु पर्ने बताउनु भयो । ‘हामी केन्द्र, प्रदेश र स्थानीय तहमा सरकार निर्माण गर्न चाहान्छौं,’ ओलीले भन्नुभयो ।