अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उम्मेदवार बन्न लेटाङमा मेयर शंकर राईसहित ३६ जना जनप्रतिनिधिले दिए राजीनामा

उम्मेदवार बन्न लेटाङमा मेयर शंकर राईसहित ३६ जना जनप्रतिनिधिले दिए राजीनामा


विराटनगर – मोरङको लेटाङ नगरपालिकाका मेयरसहित ३६ जना जनप्रतिनिधिले राजीनामा दिएका छन् ।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पुन:उठ्न जनप्रतिनिधिहरूले राजीनामा दिएका हुन् ।

मेयर शंकर राईले उपमेयर कृष्णकुमारी निरौला पोखरेलसहित ३६ जना जनप्रतिनिधिको राजीनामा बुझेपछि अन्तिममा आफूले पनि राजीनामा दिनु भएको छ ।

उपमेयर पोखरेलका अनुसार आज पदबाट राजीनामा दिनेमा एमाले पार्टीबाट निर्वाचित १५ जना रहेका छन्।

लेटाङको कार्यपालिका ५० सदस्यीय रहेकोमा कार्यपालिकाका १४ जना सदस्यले मात्र राजीनामा दिएका छैनन् ।

निर्वाचन आयोगले पुनःउम्मेदवार बन्न राजीनामा दिनुपर्ने प्रावधान राखेको छ । सत्तारुढ गठबन्धनकातर्फबाट र एमालेबाट पुन जनप्रतिनिधिका रुपामा उठ्ने तयारीका साथ उनीहरूले पदबाट राजीनामा दिएका हुन् ।