अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेकपा एमाले नेपालगञ्जको घोषणा पत्र सार्वजनिक

नेकपा एमाले नेपालगञ्जको घोषणा पत्र सार्वजनिक


नेपालगञ्ज – स्थानीय निर्वाचन २०७९ का लागि नेकपा एमाले नेपालगञ्ज उपमहानगरपालिकाले घोषणापत्र सार्वजनिक गरेको छ।

पार्टी कार्यालयमा एक कार्यक्रमकाबीच नेपालगञ्जका मेयर पदका उम्मेदवार पशुपति मिश्रले घोषणा पत्र जारी गरेका हुन् ।

घोषणपत्रमा नीति तथा कानुन निर्माण, शिक्षालाई गुणस्तरीय र प्रतिस्पर्धी बनाइने, स्वास्थ्य अन्तर्गत नेपालगञ्जको स्वास्थ्य सेवा गुणस्तरी र निःशुल्क बनाइने, खानेपानी तथा ढल निकासको व्यवस्थापन गरी शुद्ध खानेपानीको सेवा दिइने उल्लेख छ ।

यस्तै फोहोरमैला व्यवस्थापन गर्दै सरसफाइलाई व्यवस्थित बनाइने, ग्रीन सिटी परियोजना, सडक तथा यातायात, आवास व्यवस्थालगायतलाई पनि घोषणा पत्रमा समावेश गरिएको छ ।