काठमाडौं – नेकपा एमाले काठमाडौं महानगर कमिटीले स्थानीय तह निर्वाचनका लागि प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ ।
प्रतिवद्धता पत्रमा संघ र प्रदेशसँगको सहकार्यमा सम्भाव्य स्थलहरूमा उपयुक्त मनोरेल, मेट्रोरेलको रणनीति तर्जुमा गरिने उल्लेख गरेको छ ।
महानगरका सडक र चोकहरुमा स्मार्ट स्ट्रिट लाइट तथा हाइमास्ट जडान गरिने समेत प्रतिवद्धता व्यक्त गरिएको छ।
प्रतिवद्धतापत्रमा ७५ वर्षमाथिका नागरिकलाई १८ हजार भत्ता दिने लेखिएको छ । ‘महानगरपालिकाले ७५ वर्षभन्दा माथिका वरिष्ठ ज्येष्ठ नागरिकहरुलाई दिदै आएको वार्षिक १२ हजार विशेष भत्ता वृद्धि गरी १८ हजार पुर्याइनेछ’ प्रतिवद्धतापत्रको ‘सामाजिक सेवा र सुरक्षा शीर्षक’मा लेखिएको छ ।
प्रतिक्रिया