अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्थानीय तहका उम्मेद्वार टुंगो लगाउन आज एमाले सचिवालयको बैठक

स्थानीय तहका उम्मेद्वार टुंगो लगाउन आज एमाले सचिवालयको बैठक


भक्तपुर -महानगर र उपमहानगरका उम्मेद्वारको टुंगो लगाउन नेकपा एमाले सचिवालय बैठक आज बस्ने भएको छ ।
प्रचार तथा प्रकाशन विभागका उपप्रमुख विष्णु रिजालका अनुसार आज दिउसो ३ बजे अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा सचिवालय बैठक बस्ने भएको हो । बैठकले निर्वाचन सम्बन्धी अन्य केही महत्वपूर्ण निर्णय समेत गर्ने रिजालले जानकारी दिनुभयो ।