अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

घोषणा पत्रमा एमालेले आफ्ना जनप्रतिनिधिले पाँचवर्षमा गरेका १० काम यसरी सम्झियो

घोषणा पत्रमा एमालेले आफ्ना जनप्रतिनिधिले पाँचवर्षमा गरेका १० काम यसरी सम्झियो


काठमाडौ -नेकपा एमालेले आफ्ना जनप्रतिनिधिहरुले ५ वर्षमा गरेका मुख्य कामहरुको सम्झना गरेको छ । हिजो सार्वजनिक गरिएको घोषणा पत्रमा आफ्ना जनप्रतिनिधिहरुले सडक,पुल निमाण देखि हेलीप्याड र खेल मैदानसम्म बनाएका कुरा उल्लेख छ । यसैगरी हिंसा पिडिताको उद्धार देखि गाउँमै विद्युत उत्पादन गर्ने कामहरु आफ्नो पार्टीका जनप्रतिनिधिले गरेको कुरा एमालेले महत्वका साथ उल्लेख गरेको छ । हेरौं एमालेका जनप्रतिनिधीले घोषणा पत्रमा उल्लेख गरेका १० नमूना योग्य कामको सुची
१. एउटा वडाबाट अर्को वडा जोड्ने सडक, पुल, चक्रपथ, घोडेटो र पदमार्ग निर्माण गरेका छन् ।
२. विभिन्न पालिकामा हेलिप्याड र खेलमैदान निर्माण भएका छन्। कतिपय
पालिकाहरूले आफ्नै स्रोतमा एकीकृत र नमूना बस्ती निर्माण गरेका छन् भने कतिपय पालिकामा दलित, बादी समुदाय र अन्य बेघरबारलाई आवास निर्माण,
३. वडास्तरमै विपन्न व्यवस्थापन केन्द्र स्थापना, हिसा ं पीडितको उद्दार तथा पुनस्थापनको काम गरिएको छ ।
४. उज्यालो पालिका निर्माणका लागि ५०० किलोवाटसम्म विद्युत उत्पादन, सोलार बत्ती र उज्यालो पालिका घोषणा, सडक बत्ती जडान पनि नमूना कार्यक्रमका रुपमा रहेका छन् । विभिन्न पालिकामा सामुदायिक भवन, बाल उद्यान र जेष्ठ नागरिक मिलन केन्द्र स्थापना गरिएका छन् । पार्क तथा पर्यटकीय स्थल विकास, होम स्टे र पर्यावरणीय पर्यटन प्रवर्द्धनमा विभिन्न पालिकाको भमिूका महत्वपर्ण छ । त्यस्तै गुम्बा मन्दिर लगायत सांस्कृति सम्पदाहरूको संरक्षणमा पनि पालिकाको योगदान प्रशसंनीय छ ।
५.कतिपय पालिकाले बेटी बचाऊ, बेटी पढाऊ अन्तर्गत कक्षा ८ भन्दा माथिका छात्राहरूलाई साइकल वितरण गरेका छन् । शिक्षाको विकासका लागि स्थानीय भाषामा पाठ्यक्रम निर्माण , विद्यालयलाई कम्प्युटर वितरण, स्थानीय भाषामा पाठ्यक्रम निर्माण र अध्यापन,स्थानीय तहमा बुद्ध शिक्षा आरम्भ, विज्ञान प्रयोगशाला र विज्ञान पार्क निर्माण,एक शिक्षक एक ल्यापटप, एक कक्षा एक प्रोजेक्टरको व्यवस्था जस्ता उदाहरणीय काम गरेका छन् । प्राविधिक शिक्षामा छात्रवृत्ति , विद्यार्थीहरूलाई खाजा वितरण जस्ता पालिकाहरूको कामले शिक्षाको गणस्तर बढाउन योगदान गरेको छ ।
कतिपय पालिकाहरुले छोरी वचत कार्यक्रम र पहिलो छोरी जन्मँदा खातामा रु. १५,००० राखिदिने कार्यक्रमले छोरीप्रतिको दृष्टिकोण बदल्न योगदान गरेको छ ।
६. विपदका बेलामा मृतक परिवार भेटघाट तथा भेटी वितरण गर्ने, विरामीहरूलाई उपचारमा सहयोग र निःशुल्क औषधी वितरण गर्ने, सुत्केरी आमालाई पोषिलो खाना, बच्चालाई नाना र अन्य सहयोग उपलव्ध गराउने कामले पालिकाहरूलाई जनताको दुःख सुखको साथीका रुपमा स्थापित गर्न सहयोग गरेको छ । पालिकाहरूले अस्पतालहरूलाई एम्बुलेन्स ,बस र शववाहन,उपकरण र औषधी प्रदान गरेर, मोतियाबिन्दु र आङ खस्ने महिलाहरूको निशुल्क उपचार गरेर जनस्वास्थ्य प्रवर्द्धनमा बलियो टेवा पु्¥याएका छन् ।
७. सामहिक कृषिलाई प्रोत्साहन, बाँझो जमिनमा सामहिक खेती, निःशुल्क पशुपंक्षी वितरण र कृषकहरूलाई विद्युतमा छुट, कृषि–चिस्यान केन्द्र, फलफूल खेती,टनेल निर्माणमा अनुदान, भमिू गत सिंचाई र कृषिमा यान्त्रिकीकरणका लागि अनुदान,जडिबटी प्रशोधन उद्योगको स्थापना गरेर कृषिको विकासमा पालिकाहरूले टेवा प¥ु्याएका छन् । जलाशय निर्माण, ताल, पोखरी संरक्षण तथा पर्यावरण संरक्षणको क्षेत्रमा पनि कतिपय पालिकाहरूको भमिूका महत्वपर्ण छ ।
८.त्यस्तै, यवालाई सहुलियतमा ऋण र उद्यमशीलता तालिम दिएर स्थानीय तहबाटै रोजगारी र जनताको जीवनस्तर सधारमा सहयोग पु¥याएका छन्। विभिन्न पालिकामा अपाङ्ता भएका व्यक्ति, एकल पुरुष र विपन्न नागरिकका लागि आर्थिक सहयोग उपलव्ध गराइएको छ । जङ्गली जन्तुबाट बाली संरक्षणका प्रयाश भएका छन् ।
९.पालिकाहरूमा सयौं कानुन निर्माण भएका छन् । राजस्व चहावट नियन्त्रणका लागि कदम चालिएका छन् ।कतिपय पालिकाहरूले लगानी सम्मेलन आयोजना गरेर लगानी भित्र्र्याउनेकाम गरेका छन् । कतिपय पालिकाहरूमा फोहरबाट ग्यास उत्पादन गरिएको छ ।
सुशासन, समृद्धि र समाजवादको आधार द्दण् पालिका–पालिकामा एमालेको सरकार
१०. विभिन्न पालिकाले छाउपडी गोठमुक्त पालिका घोषणा, बालमैत्री पालिका र बालश्रम मक्तु पालिका घोषणा गरेका छन भने कतिपय ठाउँमा जाडोबाट बचाउन सार्वजनिक रुपमा दाउरा, कम्मल र न्यानो लुगा वितरण गरिएको छ ।