अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपालगञ्ज एमालेको प्रतिवद्धता पत्र – गर्मीबाट बालबालिकालाई बचाउन विद्यालयमा ‘प्यासिभ कुलिङ टेक्निक’

नेपालगञ्ज एमालेको प्रतिवद्धता पत्र – गर्मीबाट बालबालिकालाई बचाउन विद्यालयमा ‘प्यासिभ कुलिङ टेक्निक’


नेपालगञ्ज- अत्याधिक गर्मी हुने नेपालगञ्ज एमालेले विद्यार्थीहरुलाई शितल वातावरणमा पढाउने कार्ययोजना ल्याएको छ ।
हिजो सार्वजनिक गरिएको स्थानीय तहको निर्वाचनको प्रतिवद्धता पत्रमा गर्मीबाट विधार्थीलाई बचाउन प्यासिभ कुलिङ टेक्निक प्रयोग गरिने उल्लेख छ ।

त्यसका लागि बिद्यालय भवनको छानामा सोलार प्लानल जडान गरेर छतमा सोझै घाम लाग्न नदिएर वातावरणलाई चिसो बनाइनेछ । बढी घाम पर्ने क्षेत्रमा छाया पर्ने गरी उपयुक्त जातका बिरुवाहरु रोपेर विद्यालयको वातावरण शिलत बनाइने प्रतिवद्धता पत्रमा उल्लेख छ । मेयरका उम्मेद्वार पशुपति दयाल मिश्रका अनुसार एमालेले चुनाव जितेमा आगामी आर्थिक वर्ष देखि नै यो कार्यक्रम लागु हुनेछ । यो कार्यक्रमले गर्मीका कारण विद्यालय छोड्ने नेपालगञ्जका बालबालिकाको बाध्यतालाई हटाउने छ ।
एमालेले जारी गरेको शिक्ष सम्बन्धी प्रतिवद्धता यस प्रकार छ ।
१.शिक्षामा गुणस्तर अभिवृद्धि गर्न सामुदायिक तथा निजी विद्यालय समेतका शिक्षकलाई नियमित उच्च गुणस्तरिय तालिमको व्यव्स्था गरिनेछ ।
२. र्स्माट कक्षा लाई व्यवस्थित र नियमित बनाउन डिजिटल अध्ययन अध्यापन सामग्री तथा पाठ्यक्रमको विकास गरिनेछ ।
३. मदरसाको शिक्षालाई अन्य विद्यालयसंग प्रतिस्पर्धा गर्न सक्ने गरी सुधार गर्न विशेष कार्यक्रम संचालन गरिनेछ ।
४. आफ्नै मातृभाषामा पढन चाहने बालबालिकाहरुका लागि अवधी लगायत मातृभाषामा प्राथमिक शिक्षा पठनपाठनको व्यवस्था आरम्भ गरिनेछ ।
५. प्रारम्भिक बालविकासलाई व्यवस्थित र प्रभावकारी बनाइनेछ ।
६. बिद्यालयहरुमा पुस्तकालयको व्यवस्था ९इ–लाइब्रेरीसमेत०, खेलकुद मैदान निर्माण, स्वच्छ खानेपानी, सपफ शौचालय, थप विद्यालय कक्षा कोठा र विद्यार्थीका निश्चित अनुपातमा शिक्षकको व्यवस्था गरिनेछ ।
७. बालिकामैत्री शौचालयको व्यवस्था गरी हरेक विद्यालयमा स्यानिटरी प्याड भेन्डिंग मेशिनको प्रबन्ध मिलाइनेछ ।
८. विद्यालय व्यवस्थापन समितिको प्रभावकारी प्रबन्ध, अभिमुखीकरण र जवाफदेहिता बृद्धि गरी सरकारी बिद्यालयको शैक्षिक गुणस्तरमा सुधार गरिनछ ।
९. नेपालगन्जको गर्मी मौसमलाई ध्यानमा राखेर कक्षा कोठाहरुलाई संभब भएसम्म शितल बनाउनकालागि प्यासिभ कुलिङ टेक्निक प्रयोग गरिनेछ ।
१०. त्यसका लागि बिद्यालय भबनको छानामा सोलार प्लानल जडान गरि छतमा सोझै घाम लाग्न नदिएर चिसो बनाइनेछ र बढी घाम पर्ने क्षेत्रमा छाया पर्ने गरी उपयुक्त जातका बिरुवाहरु रोपिनेछ ।
११ प्रत्येक विद्यालयमा आवश्यकताअनुसार प्राविधिक धार तथा कम्प्युटर प्रयोगशालाको सुनिश्चितता गरिनेछ ।