काठमाडौं – नेकपा एमालेबाट मध्यविन्दु नगरपालिकाको मेयरमा भीमलाल अधिकारीलाई उम्मेदवार बनाउने भएको छ ।
एमाले जिल्ला सचिव अधिकारीलाई मेयरमा उठाउने पार्टीभित्र सहमति भएको हो । नगरपालिका कमिटीले अधिकारीको नाममा सर्वसम्मत निर्णय गरेकोले अधिकारीलाई मेयरको उम्मेदवार बनाइएको हो । उपमेयरको भने अझै टुंगो लागेको छैन ।
यहाँका ४ वटा नगरपालिकामा एउटा नगरपालिकामा मेयरको उम्मेदवार टुंगो लगाउने एमाले पहिलो दल हो । नेपाली कांग्रेसको नेतृत्वमा रहेको गठबन्धनले शनिबारसम्म कुनै पालिमा पनि प्रमुख र उपप्रमुखको टुंगो लगाउन सकेको छैन ।







प्रतिक्रिया