अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सप्तरीमा मोटरसाइकल दुर्घटना, ३ को मृत्यु

सप्तरीमा मोटरसाइकल दुर्घटना, ३ को मृत्यु


सप्तरी – हुलाकी सडक खण्डअन्तर्गत सप्तरीको राजगढ गाउँपालिका–५ मलेकपुरमा आज दुई वटा मोटरसाइकल ठोक्किँदा तीन जनाको घटनास्थलमै ज्यान गएको छ ।

दुर्घटनामा हनुमाननगर कङ्कालिनी नगरपालिका–३ बस्ने ३० वर्षीय पप्पु यादव, त्यही ठाउँका २६ वर्षीय सन्दीप यादव र बुच्चु भनिने २५ वर्षका रञ्जित यादवको ज्यान गएको प्रहरी उपरीक्षक अविनारायण काफ्लेले जानकारी दिनुभयो ।

सप्तरीको भारदहबाट पथरगाडातर्फ लागि जन्ती जाँदै गरेको प्रदेश १–०२४१ प २२९६ नम्बरको मोटरसाइकल र प्रदेश–१ –०२०४१ प ९५२४ नम्बरको मोटरसाइकल ओभरटेक गर्ने क्रममा ठोक्किएका थिए ।