सिन्धुपाल्चोक – नेपाली काँग्रेस जुगल गाउँपालिकाका अध्यक्षका जयबहादुर लामा एमाले प्रवेश गर्नुभएको छ।
चौतारामा आयोजित पार्टी प्रवेश कार्यक्रममा काँग्रेस नेता लामा एमालेमा प्रवेश गर्नुभएको हो । लामासहित नेपाली काङ्ग्रेसबाट निर्वाचित वडा अध्यक्ष सनत कुमार अधिकारी, जसपाका पूर्व जिल्ला अध्यक्ष जीवन तामाङ, नेपाली काँग्रेस केन्द्रीय यातायात विभागका केन्द्रीय सदस्य नवीन्द्र कुमार योन्जन, तरुण दल जिल्ला उपसभापति, जुगल नेपाली काँग्रेसका सचिव सुवास लामा, क्षेत्रीय प्रतिनिधि पासाङ लामा, जुगल ५ का सचिव समीर योन्जन, जुगल ५ सभापति प्रकाश ढकाल,जङ्गबहादुर लामा,विनोद तामाङ, विनोद लामा,राजेन्द्र लामा लगायत दर्जनौँ नेता कार्यकर्ताले एमाले प्रवेश गर्नुभएको छ ।







प्रतिक्रिया