अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले खोटाङले टुङ्ग्यायो पाँच पालिका प्रमुख र उपप्रमुखको उम्मेदवार

एमाले खोटाङले टुङ्ग्यायो पाँच पालिका प्रमुख र उपप्रमुखको उम्मेदवार


खोटाङ – नेकपा एमाले खोटाङले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि जिल्लाका दश स्थानीय तहमध्ये पाँच पालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवार सर्वसहमत छनोट गरी प्रदेशमा सिफारिस गरेको छ ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा सबै उम्मेदवार सर्वसहमत छनोट गर्न बसेको कार्यदलको बैठकले पाँचवटा पालिकाको प्रमुख र उपप्रमुखको नाम टुङ्ग्याएको हो ।

नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं जिल्ला इन्चार्ज विशाल भट्टराईको संयोजकत्वमा गठित उम्मेदवार छनोट कार्यदलले अन्य चार पालिकाको प्रमुख टुङ्ग्याएको छ भने एउटामा दुई जनाको नाम सिफारिस गरेको छ । जिल्लाको सबैभन्दा सानो स्थानीय तह साकेला गाउँपालिको प्रमुखमा आस्मिनचन्द्र राई ‘बद्री’ र गोपीकृष्ण खड्काको नाम सिफारिस भएको एमाले सचिव कुमार आचार्यले जानकारी दिनुभयो।

नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं जिल्ला इन्चार्ज विशाल भट्टराईको संयोजकत्वमा गठित उम्मेदवार छनोट कार्यदलले अन्य चार पालिकाको प्रमुख टुङ्ग्याएको छ भने एउटामा दुई जनाको नाम सिफारिस गरेको छ । जिल्लाको सबैभन्दा सानो स्थानीय तह साकेला गाउँपालिको प्रमुखमा आस्मिनचन्द्र राई ‘बद्री’ र गोपीकृष्ण खड्काको नाम सिफारिस भएको एमाले सचिव कुमार आचार्यले जानकारी दिनुभयो।

जिल्लाको सबैभन्दा ठुलो स्थानीय तह दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको प्रमुखमा कुमार आचार्य र उपप्रमुखमा विणादेवी राईको नाम सिफारिस भएको छ । नगर प्रमुखको उम्मेदवारमा सिफारिस हुनुभएका आचार्य एमाले खोटाङका सचिव हुनुहुन्छ भने, उपप्रमुखमा सिफारिस हुनुभएका राई पुनः दोहोरिनुभएको हो ।

हलेसी तुवाचुङ नगरपालिकाको प्रमुखमा खडेन्द्र साम्पाङ राईको नाम सिफारिस गरेको छ । उपप्रमुख भने खाली राखेको छ । साम्पाङ अघिल्लो निर्वाचनमा नेपाली काँग्रेसबाट विजयी बन्नुभएका नगरप्रमुख इवन राईसँग पराजित हुनुभएको थियो ।

ऐसेलुखर्क गाउँपालिको प्रमुखमा गिरेन्द्रबहादुर राई र उपप्रमुखमा पुष्पकला भुजेलको नाम सिफारिस भएको छ । गाउँपालिका प्रमुखमा सिफारिस हुनुभएका राई नयाँ अनुहार हो भने, भुजेल पुनः दोहोरिनुभएको हो ।

केपिलासगढी गाउँपालिकाको प्रमुखमा कृष्णकुमार राईको नाम सिफारिस भएको छ भने, उपप्रमुख खाली राखिएको छ । प्रमुखको उम्मेदवारमा सिफारिस हुनुभएका राई पुनः दोहोरिनुभएको हो ।

रावाबँेसी गाउँपालिको प्रमुखमा हरिकुमार पोखरेल र उपप्रमुखमा कौशिला गुरुङको नाम सिफारिस भएको छ । पोखरेल अघिल्लो निर्वाचनमा वडा २ खार्पाबाट सदस्यमा पराजित हुनुभएको थियो भने, गुरुङ नयाँ अनुहार हो ।

दिप्रुङ चुइचुम्मा गाउँपालिकाको प्रमुखमा लोकेन्द्र राईको नाम सिफारिस गरिएको छ भने, उपप्रमुख खाली राखिएको छ । राई अघिल्लो निर्वाचनमा वडा ४ बतासेबाट वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

खोटेहाङ गाउँपालिकाको प्रमुखमा कविता राई र उपप्रमुखमा राजनकुमार बञ्जराको नाम सिफारिस भएको छ । प्रमुखमा सिफारिस हुनुभएका राई अघिल्लो निर्वाचनमा उपप्रमुख निर्वाचित हुनुभएको थियो भने, बञ्जरा नयाँ अनुहार हो ।

जन्तेढुङ्गा गाउँपालिकाको प्रमुखमा शंखरबहादुर राई र उपप्रमुखमा विमला राईको नाम सिफारिस भएको छ । जन्तेढुङ्गामा प्रमुख र उपप्रमुख दुवैजना दोहोरिनुभएको हो ।

बराहपोखरी गाउँपालिकाको प्रमुखमा गोमा मगरको नाम सिफारिस भएको छ भने, उपप्रमुख खाली राखिएको छ । प्रमुखमा सिफारिस हुनुभएका मगर अघिल्लो निर्वाचनमा एमालेबाटै उपप्रमुखमा निर्वाचित हुनुभएको थियो ।

केही पालिकामा खाली राखिएका उपप्रमुखको नाम आजै बेलुकासम्ममा टुङ्गो लगाइने एमाले खोटाङले जनाएको छ । खाली राखिएको ठाउँमा अन्य पार्टीबाट प्रवेश गर्ने व्यक्तिलाई प्राथमिकता दिने गरी छलफल चलिरहेको सचिव आचार्यले बताउनुभयो ।