परासी -मधेसको एउटा गाउँ प्रतापपुर । भारतीय सिमानासँग जोडिएको यो गाउँका अनेक सम्भावना छन् । नगदेबालीको रुपमा ख्याती कमाएको उखु खेती यहाँको पुस्तौनी व्यावसाय हो । गाउँपालिकाको बीचबाट बग्ने गण्डक नहर अर्को सम्भावना र चुनौती छ ।
येमानको यो नहरमा बगेको हरियो पानी सिधै भारतमा सिंचाइ गर्न पुग्दछ । यहाँका खेत सिंचाइ गर्न सानो नहर छ । जसले किसानलाई चाहिएजति पानी दिन सक्दैन । आफ्नै छातीबाट बगेको पानी आफैले पिउन नपाए जस्तै छ प्रतापपुर गाउँबासीका लागि ।
जताततै चुनावको लहर छ । आज साँझसम्ममा अधिकांस नगर र गाउँपालिकाले अध्यक्षका उम्मेद्वार पाउनेछन् । यो देहाती गाउँमा पनि नेकपा एमालेका तर्फबाट एकजना जोशिला व्यक्तिले उम्मेद्वारी दाबी गरेका छन् । ‘प्रतापुरका जनताको समस्या मैले बुझेको छु । ति समस्याको समाधानका लागि मेरो अध्यक्षमा उम्मेद्वारी हो’ राजेश सिंह थापा९प्रतिदप सिंहले भन्नुभयो‘यहाँको अशिक्षा,गरिबी,बेरोजगारीलाई हटाउन मेरो सधैं सकारात्मक पहल हुनेछ ।’ आफू अध्यक्ष भएमा भारतको नहरमा बग्ने नेपाल सुख्खै हुने सम्झौताको पुनरवालोकनका लागि सदैव क्रियाशिल हुने थापाको भनाइ छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल भएका बखत गठन भएको मुख्य मन्त्री ग्रामिण विकास कार्यक्रमका सदस्य रहनुभएका थापाले दलित समुदायलाई आवास,महिलाहरुmाई सिलाइ कटाइ तालिम मात्र होइन आयआजर्नका केही कामहरु गरेको बताउनुहुन्छ ।
मदन भण्डारी स्पोर्टस एकेडेमीका केन्द्रीय सदस्य थापा स्थानीय सहकारीका सञ्चालक पनि हुनुुहुन्छ । आफू पहाडी समुदायको भए पनि पुस्तौनी मधेसी समुदायसँग घुलमिल भएर बसेकोले त्यो समुदायका मतदाताको मत आफूतिर तानिने थापाको आंकलन छ ।
कुनैबेला सिमा रक्षकको रुपमा थापाका पुर्खाहरु भारतीय सिमा क्षेत्र गुठी प्रसौनीमा आएर बसेका हुन् । उसैबेला पनि त्यहाँका जनताले थापाका हजुरबुवालाई प्रधानपञ्चमा निर्वाचित गरेका थिए । ‘म एउटा राजनीतिक परिवारको मानिस हो’ एमाले केन्द्रीय कार्यलयमा आउनु भएका थापा भन्नुहुन्छ ‘त्यस कारण म सँग राजनीतिक संस्कार छ । जनताको सेवा गर्ने तौरतरिका पनि छ ।’
उखु जति गुलियो हुन्छ,उद्यागीले किसानलाई मूल्य नदिएपछि यसको तितो अनुभव बोकेको कुरा थापाले बुझ्नु भएको छ । त्यसैले अब प्रतापपुरमा किसानलाई उखुबाट केरा खेती तर्फ फर्काउने थापाको योजना छ । ‘पार्टीले मलाई अध्यक्षको रुपमा अघि सारेमा केरा खेतीबाट गउँलाई समृद्ध बनाउन अथक मेहनत गर्नेछु । ’
५१ वर्षीय थापा प्रतापुरमा खेल क्षेत्रको विकासका लागि विशेष योजना ल्याउने बताउनुहुन्छ ।
प्रतिक्रिया