अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पोखरामा तीन वडाध्यक्षसहित १५ जनप्रतिनिधिले दिए राजीनामा

पोखरामा तीन वडाध्यक्षसहित १५ जनप्रतिनिधिले दिए राजीनामा


पोखरा – पोखरा महानगरपालिकामा तीन जना वडाध्यक्ष र १२ जना वडा सदस्यले राजीनामा दिएका छन् । यतिखेर राजीनामा बुझाउने काम जारी छ ।

महानगरको वडा नम्बर ८, २७ र ३३ का अध्यक्षले राजीनामा दिएका हुन् । वडा नम्बर ८ का रुद्रनाथ बराल, वडा नम्बर २७ का पूर्णबहादुर गुरुङ र वडा नम्बर ३३ का शिव आचार्यको दोहोरिने सम्भावना भएकाले राजीनामा दिएका हुन् ।

वडा नम्बर ३० का सदस्य रमा नेपाली, वडा नम्बर २७ का सरस्वती सार्की, १२ नम्बर वडाकी विष्णुमाया विक र देशभक्त केसीले पनि राजीनामा बुझाएका छन् । यस्तै, वडा नम्बर ७ का दीनबन्धु पौडेल र किशोर बराल, वडा नम्बर १७ की सदस्य राधिकाकुमारी शाही र तारा परियार, ३२ को विष्णु तिवारी लगायतले पनि राजीनामा दिइसकेका छन् ।