अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सिन्धुपाल्चोकमा काँग्रेस–एमाले मिल्ने चर्चापछि गठबन्धन अन्योलमै

सिन्धुपाल्चोकमा काँग्रेस–एमाले मिल्ने चर्चापछि गठबन्धन अन्योलमै


सिन्धुपाल्चोक – नेपाली काँग्रेसले एमालेसँग तालमेल गर्ने तयारी गरेपछि सिन्धुपाल्चोकमा पाँच दलीय गठबन्धन अन्योलमा परेको छ ।

माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले १२ मध्ये ६ स्थानीय तह मागेपछि काँग्रेसले एमालेसँग  तालमेल गर्ने तयारी सँगै गठबन्धन नै अन्योलमा परेको हो ।

काँग्रेसले चारभन्दा बढी सिट दिनै नसकिने अडान राखेपछि गठबन्धन बैठक बस्न सकिरहेको छैन । पाँच दलीय गठबन्धनको नेतृत्व गर्दै आएको काँग्रेसले चरणबद्ध बैठकमा माओवादी केन्द्र र नेकपा एसलाई जिल्लाका १२ स्थानीय तहमध्ये चार मात्रै दिन सकिने अडान राखेको छ ।  

काँग्रेसले आठ सिट राखेर एमालेलाई चार सिट दिनेगरी योजना बनाइरहेको स्रोत दाबी छ । एमालेका नेताहरूले पनि चार सिटमात्रै लिएर तालमेल गर्न नसकिने भन्दै असन्तुष्ट जनाएका छन् ।  सिन्धुपाल्चोकमा माओवादी केन्द्र र एमालेले उम्मेदवारको उम्मेदवार सूची माथिल्लो कमिटीमा सिफारिस गरेका छन् । तर, गठबन्धनको टुंगो नलाग्दा कुनै पनि दलले उम्मेदवारको अन्तिम छनोट गर्न सकेका छैनन् ।