पोखरा – पोखरा महानगरपालिकाको मेयरको उम्मेदवार आफूहरुले पाउनुपर्ने माग गर्दै नेपाली कांग्रेसका वडा सभापतिहरुले कांग्रेसको जिल्ला पार्टी कार्यालयमा नाराबाजी गरेका छन् ।
सत्तारुढ गठबन्धनमा रहेका दलबीचको भागवण्डामा पोखरा महानगरपालिकाको मेयरको उम्मेदवार एकीकृत समाजवादी पार्टीको भागमा परेको छ । तर महानगरपालिकाको ३३ वटै वडाका सभापतिहरुले मेयरको उम्मेदवार कांग्रेसको हुनुपर्ने माग गर्दै पार्टी कार्यालयमा नाराबाजी गरेका हुन् ।







प्रतिक्रिया