पोखरा – पोखरामा कुकुर मारेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका-१९ बस्ने २३ वर्षीय सुदीप परियारलाई पक्राउ गरेको छ।
चैत १८ गते पोखरा-१६ जोगिमणि मार्गस्थित सार्वजनिक स्थानमा परियारले कुकुरको घाँटीमा प्लास्टिकको डोरी पासो बाँधेर रूखमा झुण्ड्याएर मारेको आरोप छ।
झुण्ड्याएर मारेपछि सेती नदीको खोंचमा फालेको र त्यसको भिडिओ समेत बनाएर सामाजिक सञ्जालमा पोष्ट गरेको कार्यालयले जनाएको छ।
प्रतिक्रिया