अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गोरखामा सत्तारुढ दलहरुबीच गठबन्धन नहुने

गोरखामा सत्तारुढ दलहरुबीच गठबन्धन नहुने


गोरखा – ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा गोरखामा सत्तारुढ दलहरुबीच गठबन्धन नहुने भएको छ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीबीच भागबनण्डामा सहमति नभएपछि गठबन्धन नहुने भएको हो ।

आठवटा बैठकमा पनि दलहरु एउटै अडानमा रहेपछि स्वच्छ प्रतिस्पर्धा गर्ने समझदारी गरेको नेपाली कांग्रेस गोरखाका सचिव किशोरजंग थापाले बताउनु भयो । ‘गठबन्धन गर्ने विषयमा दलहरुबीच आठ पटक बैठक बस्यो, तर आठवटै बैठकमा दलहरु एउटै अडानमा रहेपछि स्वच्छ प्रतिस्पर्धा गर्ने समझदारीमा पुग्यौं’ उहाँले भन्नुभयो ।