अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

टिकट नपाएपछि कांग्रेस छाडेर पावित्रीदेवी कोहार माओवादीमा प्रवेश

टिकट नपाएपछि कांग्रेस छाडेर पावित्रीदेवी कोहार माओवादीमा प्रवेश


रुपन्देही – नेपाली कांग्रेसबाट पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका उपाध्यक्ष पावित्रीदेवी कोहार नेकपा माओवादी केन्द्र प्रवेश गर्नु भएको छ ।

यही वैशाख ३० गते स्थानीय तहको निर्वाचनको मनोनयन गर्न दुई दिन बाँकी रहँदा कांग्रेसबाट उपाध्यक्ष पदमा चुनाव जित्नु भएको कोहार माओवादी केन्द्रमा प्रवेश गर्नु भएको हो ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज घनश्याम यादव, पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष वैजुप्रसाद गुप्तालगायतका नेताले कोहारलाई पार्टीमा स्वागत गर्नु भयो । माओवादीले कोहारलाई फेरि पनि पाल्हीनन्दनमा उपाध्यक्ष पदको उम्मेदवार बनाउने आश्वासन दिएपछि पार्टी प्रवेश गरेको जनाइएको छ ।