भक्तपुर- प्रदेशका अध्यक्ष र इन्चार्जसँग अध्यक्ष केपी शर्मा ओलीले ब्रिफिङ लिंदा एमालेको सचिवलालय बैठक बस्ने ढिलाइ भएको छ ।
अधयक्षको सचिवालयले जनाए अनुसार आज विहान ११ बजे देखि अध्यक्ष ओलीले सातवटै प्रदेशका अध्यक्ष र इन्चार्जहरुसँग स्थानी पालिकाहरुको उम्मेद्वारीका बिषयमा बिफ्रिङ लिइरहनुभएको छ । प्रदेश कमिटीले निर्णय गरेर पठाएका नामका सम्बन्धमा मिहिन गरी अध्यक्ष र इन्चार्जसँग परामर्श गरिरहनु भएको छ । प्रदेश न १ ,मधेस,बागमतीको सकिएर अहिले कर्णाली प्रदेशका अध्यक्ष बिनोद शाह र इन्चार्ज यामलाल कडेलसँग छलफल गरिरहनु भएको बालकोट स्रोतले जनाएको छ ।
महानगर र उपमहानगरमा उम्मेद्वार फाइनल गर्न ३ बजे बोलाइएको बैठक अध्यक्षको कार्यव्यवस्तताले पछि धकेलिएको नेताहरुले बताएका छन् ।







प्रतिक्रिया