कैलाली – अछामको ढकारी गाउँपालिका वडा-७ मा नेपाली कांग्रेसका प्रस्तावित वडा अध्यक्षसहितका नेताहरू नेकपा एमालेमा प्रवेश गरेका छन् ।
नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, माओवादी केन्द्रसहितका नेता-कार्यकताहरू एमालेमा प्रवेश गरेको एमाले ढकारी गाउँ संगठन कमिटीका प्रचार संयोजक लालबहादुर साउँदले जानकारी दिनु भयो ।
पूर्व इलाका संयोजक तथा हाल नेपाली कांग्रेसका प्रस्तावित वडा अध्यक्षका उम्मेदवार राम बहादुर थापा सहितको सिङ्गो टीम नेकपा एमालेमा प्रवेश गरेको छ ।
नेपाली कांग्रेस गाउँ कमिटी सहसचिव दीपकराज थापा, वडा कमिटी सचिव पहल कामी, टोल सभापति धर्मराज थापा, टोल कमिटी सचिव चिरञ्जीवी बुढा, टोल कमिटी सहसचिव नृप थापा, टोल कमिटीका अग्रज सदस्य हर्कबहादुर थापा लगायत ६३ जना नेपाली कांग्रेस परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेको हो ।
यसैगरी नेकपा एकीकृत समाजवादी जिल्ला कमिटी सदस्य सहित ७ जना पनि नेकपा एमालेमा प्रवेश गरेका छन् । जसमा एकीकृत समाजवादीका जिल्ला कमिटी सदस्य डम्बर साउद, धनबहादुर बि।क।लगायत रहेका छन् ।
यसै गरी नेकपा माओवादी केन्द्रबाट हितमान थापा लगायत ५ जना एमालेमा प्रवेश गरेका हुन् ।
उहाँहरूलाई प्रमुख अतिथि नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य एवम् ढकारी गाउँपालिका इन्चार्ज टोप बहादुर शाहीले स्वागत गरेका थिए ।







प्रतिक्रिया