रामेछाप – रामेछापको मन्थली नगरपालिका वडा-१ का वडाध्यक्ष नारायणदास श्रेष्ठ माओवादी केन्द्र परित्याग गरी नेकपा एमालेमा प्रवेश गर्नु भएको छ ।
स्थानीय तह निर्वाचनको उम्मेदवारी दर्ताको अघिल्लो दिन श्रेष्ठ एमालेमा प्रवेश गर्नु भएको हो ।
२०७४ को स्थानीय चुनावमा माओवादीबाट निर्वाचित हुनु भएको थियो । अध्यक्ष श्रेष्ठले टिमसहित लिएर एमालेमा प्रवेश गर्नु भएको हो ।
श्रेष्ठले टिमसहितलाई जिल्ला इन्चार्ज कैलाश ढुंगेलले पार्टीमा स्वागत गर्नुभयो ।







प्रतिक्रिया