अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौंमा कांग्रेसलाई ठूलो धक्का, प्रभावशाली युवा नेतासहित ५० जना एमालेमा प्रवेश (तस्वीरहरु)

काठमाडौंमा कांग्रेसलाई ठूलो धक्का, प्रभावशाली युवा नेतासहित ५० जना एमालेमा प्रवेश (तस्वीरहरु)


काठमाडौं – नेपाली कांग्रेसका निर्वाचन क्षेत्र नम्बर २ का पूर्व निर्वाचन कमाण्डरसमेत रहेका तरुण दल काठमाडौं मनपा ६ का तेजमान लामाको नेतृत्वमा आज सो वडाका सवै युवाहरु एमालेमा प्रवेश गरेका छन् । प्रवेश सँगै काठमाडौंमा कांग्रेसलाई ठूलो धक्का लागेको छ ।

लामाको नेतृत्वमा रहेका कामनपा ६ का सवै जना आज बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमै पुगेर पार्टी प्रवेश गरेका हुन् ।

लामा कामनपा ६ मा निकै प्रभावशाली नेता तथा समाजसेवीमा रुपमा चिनिनु हुन्छ । उहाँसँगै अनामिका लामा, सजित लामा, युवराज लामा पनि एमाले प्रवेश गर्नुभएको छ । लामाको नेतृत्वमा सो वडाका ५० जना युवाहरु एमाले प्रवेश गर्नुभएको हो ।

एमाले प्रवेश गर्ने कांग्रेस र माओवादीका युवाहरुलाई अध्यक्ष ओलीसहित काठमाडौं ३ का संघीय सांसद एवं एमाले नेता कृष्ण राई र स्थायी कमिटी सदस्य अग्नि खरेलले अबिर लगाएर स्वागत गर्नुभएको थियो । नवप्रवेसीहरुले कांग्रेस र माओवादीबाट मुलकको बिनास र बिदेसीको दलाली मात्रै हुने प्रष्ट भइसकेकोले एमाले रोजेको बताउनु भयो ।