काठमाडौं- नेकपा एमालेले काठमाडौं महानगरपालिकाको मेयरमा केशव स्थापितलाई उम्मेदवार बनाउने भएको छ ।
शनिबार बसेको सचिवालय बैठकले ५ महानगर र १० उपमहानगरको उम्मेदवार टुंगो लगाएको हो ।
मेयरमा स्थापित र उपमेयरमा सुनिता डंगोललाई उम्मेदवार बनाउने निर्णय भएको छ ।
एमालेले पोखरा महानगरपालिकाको प्रमुखमा दीपक पौडेल र उपप्रमुखमा मञ्जुदेवी गुरुङ, वीरगन्जको प्रमुखमा विजय सरावगी, भतरपुरमा विजय सुवेदी, ललितपुरमा हरिकृष्ण व्यञ्जनकार प्रमुख र मञ्जली शाक्य उपप्रमुख बनाएको छ । विराटनगरको प्रमुख उपप्रमुख टुंगो लगाउन बाँकी छ भने भरतपुर र वीरगन्जको उपप्रमुख टुंगो लगाउन बाँकी छ ।





प्रतिक्रिया