अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्थानीय तह निर्वाचनका लागि आजबाट उम्मेद्वारी दर्ता सुरु

स्थानीय तह निर्वाचनका लागि आजबाट उम्मेद्वारी दर्ता सुरु


काठमाडौ -वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मतदान प्रक्रिया सुरु हुँदैछ । निर्वाचन कार्यतालिकाअनुसार आज देशभरका स्थानीय तहमा विभिन्न राजनीतिक दलले उम्मेदवारी मनोनय दर्ता गर्दैछन् । मनोनयन गर्दाका लागि निर्वाचन आयोगले आज र भोलि तोकेको छ ।
३० गते मतदान हुनुपूर्व उम्मेदवारी फिर्ता, उम्मेदवारमाथि दाबी–विरोधलगायतका प्रक्रिया हुनेछन् । १७ गते अन्तिम उम्मेदवारको नामावली प्रकाशित हुनेछ ।

निर्वाचन आयोगले मनोनय दर्ताका लागि दुई दिन तोकेका कारण अधिकांश स्थानमा ठूलो राजनीतिक दलले भोलि मात्रै उम्मेदवारी दर्ता गर्ने तयारी गरेका छन् । उम्मेदवार टुंग्याउन बाँकी रहेका दलले भोलि मात्रै मनोनयन दर्ता गर्नेछन् । यद्यपि, विवाद नभएका स्थानीय तहमा आजै मनोनयन दर्ता हुनेछ ।
स्रोतका अनुसार निर्वाचन आयोगले सत्ता गठबन्धनले एकैदिनमा उम्मेद्वारी टुंग्याउन सकस पर्ने सम्भावनालाई मध्य नजर गरेर दुईदिनको मनोनयन समय दिएको हो ।