अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भरतपुर महानगरपालिकामा एमाले र राप्रपाबीच तालमेल

भरतपुर महानगरपालिकामा एमाले र राप्रपाबीच तालमेल


चितवन – भरतपुर महानगरपालिकामा नेकपा एमाले र राप्रपाबीच तालमेल हुने भएको छ ।

एमालेले मेयर र राप्रपाले उपमेयर लिएर तालमेल गर्ने विषयमा सहमति बनेको छ । एमाले पोलिटव्यूरो सदस्य देवी ज्ञवालीले जानकारी दिनु भयो । उहाँले केहीबेरमा राप्रपासँग सम्झैता हुने बताउनु भयो ।

तालमेलका विषयमा राप्रपा उपाध्यक्ष विक्रम पाण्डे एमालेको केन्द्रिय नेतृत्वसँग छलफल गरेका थिए । राप्रपाले पनि सहमति टुंगिएको बताएको छ । राप्रपाले उपमेयरसहित केही वडा अध्यक्ष पाउने छ ।

भरतपुर महानगरमा राप्रपाको राम्रै प्रभाव छ । पूर्वमन्त्री तथा राप्रपाका वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेको निर्वाचन क्षेत्र भएका कारणले पनि यहाँ राप्रपा बलियो शक्तिको रुपमा छ ।

गत स्थानीय तहको निर्वाचनमा पनि राप्रपाका उम्मेदवारले सम्मानजनक मत प्राप्त गरेका थिए । यसपटक राप्रपाले १० हजार बढि मतदाता आफ्नो रहेको दावी गर्दै आएको छ । एमालेले यसअघि नै विजय सुवेदीलाई मेयरमा उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । उनि घरदैलो अभियानमा जुटिसकेका छन् ।