अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ओखलढुङ्गा ८ वटै पालिकामा एमालेका उम्मेदवार तय, सदरमुकाममा महिला

ओखलढुङ्गा ८ वटै पालिकामा एमालेका उम्मेदवार तय, सदरमुकाममा महिला


ओखलढुङ्गा- नेकपा एमालेले ओखलढुङ्गा जिल्लाको आठ वटै स्थानीय तहमा उम्मेदवार टुंगो लगाएको छ ।

जिल्ला कमिटीले सिफारिस गरेका उम्मेदवारहरुको नामावाली मध्येबाट प्रदेश कमिटीले सबै स्थानीय तहका प्रमुख र उपप्रमुखलगायतको उम्मेदवार टुंगो लगाएको हो ।

सिद्धिचरण नगरपालिकाको मेयरमा ईच्छाकुमारी गुरुङ, उपमेयरमा केदारबाबु बस्नेतले टिकट पाउनुभएको छ ।

खिजीदेम्बा गाउँपालिका अध्यक्षमा रामबहादुर खत्री, उपाध्यक्षमा कमला सुनुवार, मानेभञ्ज्याङ गाउँपालिका अध्यक्षमा रुपलाल तामाङ र उपाध्यक्षमा अम्मता राईलाई टिकट दिइएको छ ।

चम्पादेवी गाउँपालिका अध्यक्षमा खड्ग कार्की उम्मेद्‍वार हुनुभएको छ । उपाध्यक्ष टुंगो लागेको छैन ।

मोलुङ गाउँपालिका अध्यक्षमा उत्तम राई, उपाध्यक्षमा उर्मिला खतिवडा, सुनकोशी गाउँपालिका अध्यक्षमा इन्द्रबहादुर खड्का (सुनिल), उपाध्यक्षमा तारा कार्की (सरस्वती) लिखु गाउँपालिका अध्यक्षमा मिलन विष्ट, उपाध्यक्षमा अस्मिता थापालाई उम्मेदवार बनाउने पार्टीले निर्णय गरेको नेकपा एमाले प्रदेश कमिटी सचिवालय सदस्य तथा निर्वाचन क्षेत्र ‘क’ का इन्चार्ज अम्बिरबाबु गुरुङले जानकारी दिनुभयो ।

यसैगरी चिशंखुगढी गाउँपालिका अध्यक्षमा अशोक थापा र उपाध्यक्षमा सुस्मिता राईलाई उम्मेदवार बनाइएको छ।