अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पोखरामा कांग्रेसका कार्यकर्ताले पदाधिकारीलाई पार्टी कार्यालयमा थुने

पोखरामा कांग्रेसका कार्यकर्ताले पदाधिकारीलाई पार्टी कार्यालयमा थुने


पोखरा – पोखरा महानगरपालिकामा चुनावी तालमेलको विपक्षमा रहेका नेपाली कांग्रेसका कार्यकर्ताले जिल्ला समिति कास्कीका पदाधिकारीलाई पार्टी कार्यालयमा थुनेका छन् ।

सत्तारुढ गठबन्धनभित्र पोखरा महानगरपालिकाको मेयरको उम्मेदवार कांग्रेसले पाउनुपर्ने माग गर्दै आएका उनीहरुले जिल्ला समितिका पदाधिकारी बैठकमा रहेका बेला थुनिदिएका हुन् । सत्तारुढ गठबन्धनमा पोखराको मेयरको उम्मेदवार नेकपा एकीकृत समाजवादीले पाउने सहमति भइसको छ ।

भित्र बैठक चलिरहेको बेला कार्यकर्ताहरु आएर थुनिदिनुभएको छ । बाहिर निस्किन दिएको छैन ।