अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भरतपुर महानगरमा रेणु दाहालविरूद्ध कांग्रेसका पूर्वसांसद पौडेल बने बागी

भरतपुर महानगरमा रेणु दाहालविरूद्ध कांग्रेसका पूर्वसांसद पौडेल बने बागी


चितवन – नेपाली कांग्रेस चितवनका नेता एवं पूर्वसांसद जगन्नाथ पौडेलले भरतपुर महानगरपालिकाको मेयरमा उम्मेद्बारी दिने घोषणा गर्नु भएको छ ।

कांग्रेस चितवनको असन्तुष्ट पक्षका तर्फबाट मेयरमा उम्मेद्बारी दिने घोषणा गर्नु भएको छ ।

कांग्रेस महासमिति सदस्य मिना खरेलको प्रस्ताव र पूर्वसांसद भीमबहादुर श्रेष्ठको समर्थनमा पौडेलले मेयरमा उम्मेद्बारी दिने घोषणा गर्नु भएको हो ।

उम्मेद्बारी घोषणाका लागि असन्तुष्ट पक्षको आज जिल्ला पार्टी कार्यालयमा भेला भएको थियो । भरतपुरको मेयर माओवादी केन्द्रलाइ दिने निर्णय भएपछि जिल्लाका नेता कार्यकर्ताहरुले विरोध जनाउँदै आएका थिए । पौडेलले भोलि मनोनयन दर्ता गर्ने तयारी छ ।