धरान – धरान उपमहानगरपालिकाका उपमेयर मञ्जु भण्डारीले आज पदबाट राजिनामा दिनु भएको छ । वैशाख ३० गते हुने चुनावमा नेकपा एमालेबाट उपमहानगरपालिकाको मेयर पदमा उम्मेदवारीको टिकट पाएकोले उहाँले राजिनामा दिनु भएको हो ।
अपरान्ह उपमहानगरपालिकामा मेयर तिलक राईलाई उहाँले राजिनामपत्र बुझाउनु भएको हो । निर्वाचन नियमावली अनुसा उम्मेदवारहरुले उम्मेदवारी दर्ता गर्दा पदबाट राजिनामा दिएको निस्सासहित उपस्थित हुनुपर्ने प्रावधान ।
उक्त अवसरमा उपमेयर भण्डारीले नगरपालिका कर्मचारीहरु सङ्ग भेटघाट गरी ५ वर्षे कार्यकालमा सहयोग पुर्यएकामा धन्यवाद ज्ञापन गर्नु भयो ।







प्रतिक्रिया