अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कैलालीमा मुक्तकमैया शिविरमा आगलागी, ५० घर जलेर नष्ट

कैलालीमा मुक्तकमैया शिविरमा आगलागी, ५० घर जलेर नष्ट


धनगढी – कैलालीको मुक्त कमैया शिविरमा भीषण आगलागी भएको छ ।

कैलारी गाउँपालिका–७ को रामपुरमा रहेको विपतपुर शिविरमा आज दिउँसो आगलागी भएको प्रहरीले जनाएको छ।

आगलागीबाट ५० घर बढी जलेर नष्ट भएका छन् । शिविरमा ७० भन्दा घरधुरी थिए ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले खेतमा गहुँको नल बाल्न लगाइएको आगो हावाको माध्यमबाट शिविरमा लागेको बताउनु भयो ।

उहाँका अनुसार दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणको प्रयास भइरहे पनि हावाहुरी चलेका कारण समस्या भएको छ ।