अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले अर्घाखाँचीले स्थानीय तहमा टुंग्यायो उम्मेदवार

एमाले अर्घाखाँचीले स्थानीय तहमा टुंग्यायो उम्मेदवार


अर्घाखाँची – वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि एमालेले अर्घाखाँचीमा उम्मेदवारको टुंगो लगाएको छ ।

तीन वटा नगरपालिका र तीन वटा गाउँपालिका रहेको अर्घाखाँचीमा पाणिनी गाउँपालिकाको उपाध्यक्ष बाहेक सबै पदका उम्मेदवारको टुंगो लागेको हो ।

सन्धिखर्कको मेयरमा कृष्ण श्रेष्ठ र उपमेयरमा मिश्रा आचार्य उम्मेदवार चयन भएका छन् ।

यसैगरी भूमिकास्थान नगरपालिकाको मेयरमा रेशम थापा र उपमेयरमा बसन्ता पौडेल चयन भएका छन्  । त्यसैगरी सितगंगा नगरपालिकाको मेयरमा बसन्तकुमार श्रेष्ठ र उपमेयरमा गिता भाट उम्मेदवार बन्ने एमालेले जनाएको छ ।

यसैगरी मालारानी गाउँपालिकाको अध्यक्षमा दलबहादुर भट्टराई र उपाध्यक्षमा दिपा पोखरेल चयन भएका छन् ।

छत्रदेव गाउँपालिकाको अध्यक्षमा दिपक पन्थी र उपाध्यक्षमा मनी पन्थी चयन भएका छन् । यस्तै पाणिनी गाउँपालिकाको अध्यक्षमा टेकराज न्यौपानेको टुंगो लागेको छ भने उपाध्यक्षको अझै टुंगो लागेको छैन ।

उपाध्यक्षको बारेमा छलफल जारी रहेकाले केही समयपछि टुंगो लाग्ने नेकपा एमाले अर्घाखाँचीका अध्यक्ष पिताम्बर भुसालले जानकारी दिनु भयो ।