काठमाडौँ – स्थानीय तह निर्वाचनमा उम्मेदवारी परेका उम्मेदवारबाहेक अन्य चिन्ह हटाएर मतपत्र छाप्ने निर्णयबारे नेकपा एमालेले आपत्ति जनाएको छ। एमालेले आज एक विज्ञप्ति जारी गर्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराएको हो ।
विज्ञप्तीमा भनिएको छ, ‘भक्तपुरका चार पालिका र ६ वटा महानगरपालिकाको मतपत्र छपाउँदा उम्मेद्वारी परेको उम्मेदवार बाहेक अन्य उम्मेद्वारको निर्वाचन चिन्ह हटाई मत्रपत्र छपाई हुने भनी हिजो केही अनलाइन मिडियामा प्रकाशित समाचारप्रति हाम्रो पार्टीको ध्यानाकर्षण भएको छ। अन्य पालिकाहरुको भन्दा भिन्न प्रकृतिको यस्तो मतपत्र सरासर गठबन्धनका दलहरुलाई मात्र फाइदा पुग्ने आशयप्रेरित छ।’
आयोगलाई एमाले कार्यालय सचिव भीष्म अधिकारीले पत्र लेख्दै निर्वाचन सुरु भइसकेपछि नियम परिवर्तन गर्न नहुने बताउनु भएको छ ।
आयोगले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले ६ वटा महानगरपालिका र भक्तपुरका ४ वटा नगरपालिकामा उम्मेदवारी परेको उम्मेदवारको मात्रै चुनाव चिन्ह राखेर मतपत्र छाप्ने तयारीबारे आयोगको निर्णय भएको जानकारी गराउनु भएको थियो ।
एमालेले आयोगको तयारी र गठबन्धन शीर्ष नेताहरुको अभिव्यक्ति मिल्दोजुल्दो भएको बताएको छ ।








प्रतिक्रिया