अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बुटवलको शिवनगर जंगलमा दुई जनाको शव भेटियो

बुटवलको शिवनगर जंगलमा दुई जनाको शव भेटियो


बुटवल – बुटवलको शिवनगर सामुदायिक वनको जंगलमा दुई जना मृत अवस्थामा भेटिएका छन् ।

मृतक बुटवल उपमहानगरपालिका वडा-११ का ६० वर्षीय काजीमान श्रेष्ठ र उनकी श्रीमती ५५ वर्षीया कमला श्रेष्ठ रहेका इलाका प्रहरी कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले जानकारी दिनु भयो ।

गत वैशाख ६ गते आफन्त भेट्न भन्दै घरबाट हिँडेका तर घर नफर्किएपछि खोजी गर्दै जाँदा जंगलमा मृत अवस्थामा भेटिएको केसीले बताउनु भयो ।

मृतकका छोराहरू वैदेशिक रोजगारीमा रहेको र मृतक दम्पती घरमा छोरी तथा बुहारीसँग बस्दै आएका प्रहरीले जनाएको छ ।

शव नजिकै शिशाका बोत्तल, रक्सीलगायतका वस्तु फेला परेकोले घटनाबारे थप अनुसन्धान सुरू गरिएको डीएसपी केसीले बताउनु भयो ।