काठमाडौं- सहरी विकास मन्त्री एवं नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाँक्रीले मध्यरातमा फेसबुक मार्फत गठबन्धन सन्तोषजनक र सम्मानजन नभएको दुखेसो पोख्नुभएको छ ।
देशैभर समाजवादीलाइ बाहिर राखेर कांग्रेसको माओवादीकोबीचमा मात्र गठबन्धन हुन थालेपछि झाँक्रीले यस्तो बताउनुभएको हो ।
आइतबार राति उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘गठबन्धन सन्तोषजनक र सम्मानजन भएन। गठबन्धनका दलहरूको विचमा हामीले आफै भित्र पनि हार्दिकतापूर्ण वातावरण बनाउन सकेनौं। हाम्रा वार्ता सम्वादमा केही दम्भ देखियो। यो वीचमा गठबन्धनका केही नेताहरूको अभिव्यक्ति सुन्दा लाग्छ एक दिन यसको हिसाव मिलान गर्नुपर्ने छ। बस !’







प्रतिक्रिया