सल्यान– सल्यानको बागचौर नगरपालिकामा एमालेका एक स्थानीय नेताले आफूलाई पार्टीले दिएको मेयरको टिकट सहकर्मीलाई हस्तान्तरण गरेका छन् ।
एमाले प्रदेश कमिटीले आइतबार मेयरको टिकट एमालेका नगर कमिटी अध्यक्ष घनश्याम शर्मालाई दिएको थियो । तर शर्माले सोमबार बिहान उक्त टिकट तिलक मल्ल ९क्षितिज०लाई हस्तान्तरण गर्नुभयो । पूर्व माओवादी केन्द्रका मल्ल एमालेको प्रदेश कमिटी सदस्य हुनुहुन्छ ।
यसअघि एमालेको नगर कमिटीले मल्लकै नाम मेयरको लागि सर्वसम्मत प्रदेशमा सिफारिस गरेको थियो । तर आइतबार टिकट आउँदा शर्माको नाममा आएको हो ।







प्रतिक्रिया