काठमाडौं– माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) बन्दा उपत्यकाका तीन जिल्लामध्ये ललितपुरमा तुलनात्मकरुपमा धेरै नेताहरुले एमाले छाडे ।
प्रतिनिधि सभा सांसद कृष्णलाल महर्जन, प्रदेश सभा सांसद माधव पौडेलसहित महालक्ष्मी नगरपालिकाका उपमेयर, तीन वडाध्यक्षसहित दर्जन बढी जनप्रतिनिधिले एकीकृत समाजवादी रोजे ।
एकीकृत समाजवादीसहितको पाँच दलीय गठबन्धनले ललितपुरमा भने माधव नेपालको पार्टीलाई धोका दिएको छ ।
पाँच दलबीच भागबण्डा हुँदा कांग्रेसले एकीकृत समाजवादी भन्दा पनि माओवादी केन्द्रलाई च्यापेपछि गठबन्धन भत्कियो ।
एकीकृत समाजवादीलाई बाहिर राखेर दुइटा पार्टीले गठबन्धन गरेका छन् । गठबन्धनले वडा सदस्य पनि छाडेन ।
ललितपुर सहईञ्चार्ज अमृत तिमिल्सिनाका अनुसार ललितपुरमा एकीकृत समाजवादी एक्लै लड्नेछ ।
ललितपुर महानगरपालिकासहित सबै नगरपालिकामा आफ्ना उम्मेदवार उठाउने तयारी भएको छ ।





प्रतिक्रिया