अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कनकाईका मेयर आकांक्षी थापाद्वारा कांग्रेस परित्याग

कनकाईका मेयर आकांक्षी थापाद्वारा कांग्रेस परित्याग


बिर्तामोड – नेपाली कांग्रेसबाट कनकाई नगरपालिकाको मेयरका आकांक्षी शेरबहादुर थापाले पार्टी परित्यागको घोषणा गर्नु भएको छ ।

थापाले सामाजिक सञ्जालमा साधारण सदस्य समेत नरहने गरी पार्टी परित्यागको घोषणा गर्नु भएको हो।

नेपाली कांग्रेसबाट मेयरमा चुनाव लड्ने गरी वर्षौदेखि तयारी गरेर थापाले जनताको बीचमा राम्रै लगानी गर्नु भएको थियो ।

कनकाईबासीको दुखमा पुग्ने थापाले टिकट नपाउने निश्चित भएपछि पार्टी परित्याग गरेको बुझिएको छ । २०३७ सालदेखि नेपाली कांग्रेसमा सक्रिय थापाले पार्टीमा लोभीपापीहरुको हावी भयो भन्दै परित्याग गरेका छन् । उहाँले पार्टी गलत नभएको बताउँदै नेतृत्वकर्ता गलत भएको आरोप लगाउनु भएको छ ।