अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एकीकृत समाजवादीका महानगर उपमहानगरका उम्मेदवार घोणणाः उपमेयरजति सबै पुरुष

एकीकृत समाजवादीका महानगर उपमहानगरका उम्मेदवार घोणणाः उपमेयरजति सबै पुरुष


काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले सत्ता गठबन्धनबाट आफूले पाएका महानगरपालिका र उपमहानगरपालिकामा उम्मेद्‍वार टुंग्याएको छ ।

एकीकृत समाजवादीले पोखरा महानगरपालिकाको मेयरमा धनराज आचार्यलाई र काठमाडौं महानगरपालिकाको उपमेयरमा रामेश्वर श्रेष्ठलाई अघि सारेको हो ।

एकीकृत समाजवादीका अनुसार हेटौँडा उपमहानगरपालिकाको प्रमुखमा मिना लामालाई उमेद्‍वार बनाउने निर्णय भएको छ । इटहरी उपमहानगरपालिकाको उपमेयरमा केशवकुमार विष्टले उमेद्‍वारी दिनुभएको छ ।

बुटबल उपमहानगरपालिकाको उपमेयरमा चिनबहादुर गुरुङलाई र तुल्सीपुर उपमहानगरपालिकाको उपमेयरमा जोगबहादुर राना मगरले उम्मेद्‍वारी दिनुहुने भएको छ।