नुवाकोट – नेपाली कांग्रेसबाट नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनुभएका नेता योविन्द्रसिंह तामाङले पार्टी परित्याग गर्नु भएको छ ।
तामाङसहित कांग्रेसको गाँउ कमिटीका सभापति सुशील खड्कासहित कार्यकर्ता-नेताले पनि पार्टी परित्याग गरेका छन् । कांग्रेसले गलत निर्णय गरेको भन्दै उहाँहरूले पार्टी परित्याग गर्नु भएको हो ।
कांग्रेस परित्याग गरेका उहाँहरू नेकपा एमालेमा प्रवेश गरेका छन् । तामाङसहित, प्रदेश १ (क) सभापति सुशील खड्का, दुप्चेश्वर-१ का वडा अध्यक्ष सुनबहादुर तामाङ, तरुण दल क्षेत्रीय कोषाध्यक्ष कृष्णबहादुर स्याङतान आज च्यासलस्थित एमाले बाग्मती प्रदेश कार्यालयमा गएर पार्टी प्रवेश गरेका हुन् ।
पार्टी प्रवेश कार्यक्रममा उपमहासचिव विष्णु रिमाल, स्थायी कमिटी सदस्यद्धय काशिनाथ अधिकारी र डा. राजन भट्टराई, बागमती प्रदेश अध्यक्ष केशवराज पाण्डे, सदस्य बलराम आचार्य, जिल्ला कमिटी अध्यक्ष बद्री मैनाली, उपसचिव निलकण्ठ आचार्य लगायतले उहाँहरुलाई स्वागत गर्नु भएको थियो ।







प्रतिक्रिया