अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेबाट धनगढीको मेयरमा चन्द र उपमेयरमा नन्दकला

एमालेबाट धनगढीको मेयरमा चन्द र उपमेयरमा नन्दकला


धनगढी- नेकपा एमालेबाट धनगढी उपमहानगरको मेयरमा रणबहादुर चन्द र उपमेयरमा नन्दकला राना थारूले उम्मेदवारी दर्ता गराउनु भएको छ ।

मेयरका आकांक्षी चन्दले एमाले नेता दुर्गा जोशीको प्रस्ताव र जीवनकुमार बमको समर्थनमा उम्मेदवाी दर्ता गराउनु भएको हो ।

प्रस्तावक र समर्थक दुवै धनगढीको मेयर पदका आकांक्षी हुन् । यसैगरी, उपमेयरका आकांक्षी राना थारूले लक्ष्मी केसीको प्रस्ताक र कोइलीदेवी चौधरीको समर्थनमा उम्मेदवारी दर्ता गराउनु भएको हो ।

उम्मेदवारी मनोनयनका क्रममा एमालेका केन्द्रीय सचिव लेखराज भट्ट, पोलिटब्युरो सदस्य नारदमुनि राना, प्रदेश सचिव धर्मराज पाठक लगायतको सहभागिता रहेको छ ।