अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यौन दुव्र्यवहार आरोपको प्रश्नमा स्थापितले भने : विवादमा नआउने पनि केशव स्थापित हुन्छ ?

यौन दुव्र्यवहार आरोपको प्रश्नमा स्थापितले भने : विवादमा नआउने पनि केशव स्थापित हुन्छ ?


काठमाडौं – नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार केशव स्थापितले आफूमाथि लागेको यौन दुव्र्यवहारको आरोपलाई सामान्य भनी टिप्पणी गरेका छन् ।

सोमबार मनोनयन दर्ता गरेपछि पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिँदै उनले आफ्नो नाममा बेला बेलामा विवाद झिक्ने गरेको टिप्पणी गरे ।

‘मजत्तिको व्यक्ति उपर इस्यु भएन भने केशव स्थापित नै भएन, विवादमा नआउने पनि पनि केशव स्थापित हुन्छ र आइरहनुप¥यो नि !’

विगतमा आफूलाई ५० वटा मुद्दा लाग्दा ५ वटा थपियोस् भनेर निवेदन हालेको भन्दै उनले भने, ‘त्यति चुनौती बोक्ने मान्छेलाई बाहिर सडकमा केही इस्यु उठ्यो भने त्यता ध्यन दिनु हुँदैन ।’