अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुर्खेत वीरेन्द्रनगर नगर प्रमुखको एमाले उम्मेदवार मोहनमायाँ भन्नुहुन्छ, ‘मेरो जित सुनिस्चित छ’

सुर्खेत वीरेन्द्रनगर नगर प्रमुखको एमाले उम्मेदवार मोहनमायाँ भन्नुहुन्छ, ‘मेरो जित सुनिस्चित छ’


सुर्खेत – सुर्खेतको वीरेन्द्रनगर नगरप्रमुखको पदमा एमालेकी उम्मेदवार मोहनमायाँ ढकालले उम्मेवदारी दर्ता गराउनुभएको छ ।

उम्मेदवारी दर्ता गर्दै उहाँले आपूmलाई एमालेले टिकट दिनु समग्र महिलाहरूकै लागि सम्मानको विषय भएको बताउनुभयो । उहाँले यस स्थानमा आफ्नो जीत सुनिस्चित भएको दाबी समेत गर्नुभयो ।

उहाँ अघिल्लो पटक यस तहमा लोकप्रिय मत ल्याएर उपमेयरमा विजयी हुनुभएको थियो । ढकालले त्यस समय १६ हजार ६८ मत पाउनुभएको थियो

एमालेले प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरको प्रमुखमा मोहनमाया ढकाल र उपप्रमुखमा नीलकण्ठ खनाललाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । ढकाल पार्टी केन्द्रीय सदस्य पनि हुनुहुन्छ ।