अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ललितपुरको मेयरमा कांग्रेसका चिरीबाबु महर्जनको उम्मेदवारी दर्ता

ललितपुरको मेयरमा कांग्रेसका चिरीबाबु महर्जनको उम्मेदवारी दर्ता


ललितपुर – ललितपुर महानगरपालिकाको मेयरमा कांग्रेसका चिरिबाबु महर्जनले उम्मेदवारी दर्ता गराउनु भएको छ । उहाँ सत्तारुढ गठबन्धनमा रहेका दलहरूका साझा उम्मेदवार हुन् ।  

महर्जनले आज दिउँसो जावलाखेलस्थित प्रमुख निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराउनु भएको हो । उहाँ २०७४ सालमा पनि ललितपुर महानगरपालिकाको मेयरमा निर्वाचित हुनु भएको थियो ।

ललितपुरको मेयरका लागि कांग्रेसबाट महर्जनसहित महानगर कार्यसमिति सभापति शुभानन धाख्वा, उपमेयर गीता सत्याल, प्रेमकृष्ण महर्जन, भरतलाल न्याछ्ओ, राजेश महर्जन र अनन्तप्रकाश श्रेष्ठको नाम सिफारिस भएको थियो ।

सात जनाको नाम सिफारिस भए पनि कांग्रेसको नेतृत्वले अन्तिममा महर्जनलाई नै उम्मेदवार दोहोर्‍याउने निर्णय गरेको थियो ।