चितवन – भरतपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद जगन्नाथ पौडेलले मनोनयन पत्र दर्ता गर्नु भएको छ ।
सत्तारुढ गठबन्धनमा रहेका दलहरुबीच भरतपुरको मेयर नेकपा माओवादी केन्द्रले पाएपछि बागी उम्मेदवारी दर्ता गर्नु भएको हो ।
नेता पौडेलले भरतपुरको चौबिसकोठीबाट चारतारे झण्डासहित नेता कार्यकर्तासहित निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराउनु भएको हो ।
उहाँको प्रस्तावकमा कांग्रेसका पूव जिल्ला सभापति कृष्णलाल सापकोटा र समर्थकमा कांग्रेस महासमिति सदस्य मीना खरेल रहेका छन् ।







प्रतिक्रिया