अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पोखरामा कांग्रेसबाट तीन बागी उम्मेदवार, तिवारीले पनि गराए मनोनयन दर्ता

पोखरामा कांग्रेसबाट तीन बागी उम्मेदवार, तिवारीले पनि गराए मनोनयन दर्ता


पोखरा – पोखरा महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका तीन जना नेताले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

आज नेपाली कांग्रेसका नेता नन्दूप्रसाद तिवारीले मेयरमा उम्मेदवारी दिएसँगै कांग्रेसबाट मेयरमा उम्मेदवारी दिनेको संख्या तीन पुगेको हो ।

सत्तारुढ दलहरुबीच महानगरपालिकाको मेयर र उपमेयरका उम्मेदवार भागवण्डाका क्रममा पोखराको मेयर पद नेकपा एकीकृत समाजवादीलाई परेको थियो । तर कांग्रेसका नेता कार्यकर्ताहरु असन्तुष्ट थिए ।

मेयरमा बागी उम्मेदवारी दिने तिवारी देउवा समूहकै कास्कीका पुराना नेता हुन् । उहाँ नेपाली कांग्रेस प्रजातान्त्रिकको कास्की जिल्ला सचिव हुन् । कांग्रेसबाट आज विमलबहादुर कार्की र ऋषि सापकोटाले पनि मेयरमा उम्मेदवारी दिनु भएको थियो ।