सिन्धुपाल्चोक – चौतारा साँगाचोकगढी नगरपालिका-१४ मा माओवादी केन्द्रको वडाअध्यक्षको टिकटको विवादलाई लिएर माओवादी केन्द्रको कार्यालय तोडफोड भएको छ ।
मोओवादी केन्द्रका कार्यकर्ताहरुबीच झडप हुँदा स्थिति तनावग्रस्त बनेको छ । निर्वाचन कार्यालय समेत रहेको नगरपालिकाको कार्यालयमा तोडफोड हँदा झन् भयावह बनेको हो ।
मोओवादी कार्यकर्ताहरुको झडप नियन्त्रणका लागि प्रहरीले अश्रु ग्याँस प्रहार गरेको छ । निर्वाचन आयोगको कार्यलय समेत रहेको नगरपालिकामा तोडफोड हुँदा कार्यलयको झ्याल सिसा फुटेका छन् ।
चौतारा साँगाचोकगढी वडा नम्बर १ र १४ को वडाध्यक्ष नेकपा एकीकृत समाजवादीलाई दिएपछि माओवादी कार्यकर्ता आक्रोशित भएर तोडफोडमा उत्रिएका हुन् ।
३० मत पनि नभएको नेकपा एसलाई वडाध्यक्ष दिइएको भन्दै माओवादी कार्यकर्ताहरु झडपमा उत्रिएका थिए । यसैबीच चौतारा साँगाचोकगढीका मेयर अमानसिंह तामाङले माओवादीबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दर्ता गराउनु भएको छ ।
स्थानीय आवश्यकताका आधारमाभन्दा काठमाडौंमा बस्नेलाई टिकट दिएपछि झडप भएको स्थानीय नेताहरूको गुनासो छ ।







प्रतिक्रिया