अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मेचीनगरका एमालेका बागीले उम्मेद्वारी फिर्ता लिने

मेचीनगरका एमालेका बागीले उम्मेद्वारी फिर्ता लिने


झापा- मेयर पदमा एमालेको बागी उम्मेद्वारी दर्ता गराएका देवकुमार राईले आजै उम्मेद्वारी फिर्ता लिने बताउनुभएको छ ।

राईले आज विहान सामाजिक सञ्जालमार्फत आफू नेकपा एमालेको जिम्मेवार कार्यकर्ता भएकाले पार्टीहित विपरित आफ्नो उम्मेद्वारी नरहेको भन्दै मेयर पदको उम्मेद्वारी फिर्ता लिएको उल्लेख गर्नुभएको छ । नेकपा एमालेका नगर इन्चार्ज तथा जिल्ला कमिटी सदस्य समेत रहेका राईले आफू पार्टीका आधिकारिक उम्मेद्वार गोपाल बुढाथोकीलाई जिताउने लाग्ने बताउनुभएको छ ।

राईले आफू नेकपा एमालेको सदस्य भएकोमा गर्व गर्दै पार्टीले उठाएको उम्मेद्वारलाई विजय गराउन आजैबाट लाग्ने प्रतिबद्धता व्यक्त गर्दै विरोधीहरुलाई खुशी नमाउन समेत आग्रह गर्नुभएको छ । ।