अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मेयरको टिकट वितरणमा आफ्ना मान्छेलाई अन्याय गरेको भन्दै काँग्रेस नेता गुरु घिमिरेले सन्यास लिने

मेयरको टिकट वितरणमा आफ्ना मान्छेलाई अन्याय गरेको भन्दै काँग्रेस नेता गुरु घिमिरेले सन्यास लिने


विराटनगर- नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले सक्रिय राजनीतिबाट बिदा लिने घोषणा गर्नुभएको छ ।
स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ता सकिएको भोलिपल्ट मंगलबार बिहानै उनले सामाजिक सञ्जालमार्फत वैशाख ३० गतेको चुनावलगत्तै सक्रिय राजनीतिबाट बिदा लिने बताउनुभयो ।
घिमिरेले भन्नुभएको छ- लोकतान्त्रिक मूल्य मान्यतामा विश्वास गर्ने एउटा सच्चा म लोकतन्त्रवादी, यसपटक टिकट वितरण मूल्य मान्यतामा आधारित देखिएन। योचाहिँ वास्तवमा पहुँचका आधारमा, शक्तिका आधारमा र एकप्रकारको व्यक्तिगत स्वार्थका आधारमा टिकट वितरण भयो। यसले हजारौं साथीमाथि अन्याय भयो। केही राम्रा साथीले पनि अवसर पाउनुभएको छ। तर त्यो संख्या न्यून छ। अधिकांश साथीमाथि एकदमै अन्याय भयो। र, त्यो अन्याय भएको कुरालाई मैले चुपचाप सहन सकिनँ। बीपी कोइरालाले नै भन्नुभएको छ कि पार्टीमा भएको अन्यायविरुद्धमा टुलुटुलु हेरेर बस्नु भनेको चाहिँ दासता हो। मैले सहन सकिनँ। यत्रो ठूलो पार्टीमा यति ठूलो नेताहरुको जमात भएको पार्टीमा अन्याय भयो भनेर एक जना पनि बोल्ने नेता देखिनँ। यति धेरै साथीहरुमाथि अन्याय भयो भनेर बोल्ने एउटा नेता पनि मैले देखिनँ। सबै गुटहरुले अन्याय गरे। एउटा गुट विशेषले मात्र होइन। संस्थापनले गर्यो, संस्थापन इतरले गरेन भन्ने होइन। सबै गुटले अन्याय गरे, बोल्दिने कोही पनि भएन, यसलाई मैले सहन सकिनँ। त्यसैले मैले यस्तो प्रपञ्च, षड्यन्त्र, जालझेलको राजनीतिको साक्षी किन बस्ने छरु चुनावको मितिसम्म सहयोग गर्ने राम्रा साथीहरुलाई। मलाई ठीक लागेको ठाउँमा मैले मद्दत गर्ने। त्यसपछि निष्क्रिय हुने, स्वतन्त्र जीवन बिताउछु ।