अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विप्लव नेकपाको आफ्ना नेता कार्यकर्तालाई आग्रह : ‘उम्मेदवार उठ्ने भए स्वतन्त्र उठ्नु, पार्टीबाट भए फिर्ता लिनु’

विप्लव नेकपाको आफ्ना नेता कार्यकर्तालाई आग्रह : ‘उम्मेदवार उठ्ने भए स्वतन्त्र उठ्नु, पार्टीबाट भए फिर्ता लिनु’


काठमाडौं – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले स्थानीय तह निर्वाचनका लागि उमेदवारी दिएका आफ्नो पार्टीका नेता–कार्यकर्तालाई मनोनयन फिर्ता लिन आग्रह गरेको छ ।

केन्द्रीय सचिवालयका सदस्य धर्मेन्द्र बास्तोलाले एक विज्ञप्ति जारी गर्दै उमेदवारी फिर्ता लिन आग्रह गर्नुभएको छ । विज्ञप्तिमा निर्वाचनमा भाग नलिने, देशभक्त, जनवादी, एमसीसीविरोधी उमेदवारलाई समर्थन गर्न सकिने, पार्टीका सदस्यहरू उठ्न चाहेको अवस्थामा स्वतन्त्र हैसियतमा उठ्ने नीति भए पनि केन्द्रीय सदस्य र जिल्ला पदाधिकारी नै उमेदवार बनेको पाइएको उल्लेख छ ।

निर्वाचनलाई लिएर विप्लव समूहभित्र दुई धार छ । चन्द समूह निर्वाचनलाई उपयोग गर्ने र बास्तोला समूह बहिष्कार गर्ने लाइनमा छ । विप्लव समूहले सबैभन्दा बढी उमेदवारी रोल्पामा दिएको छ ।