अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

इन्द्रसरोवर गाउँपालिकामा एमालेका २ वडा सदस्य निर्विरोध

इन्द्रसरोवर गाउँपालिकामा एमालेका २ वडा सदस्य निर्विरोध


काठमाडौं – स्थानीय तहको निर्वाचनका लागि इन्द्रसरोवर गाउँपालिकामा नेकपा एमालेका दुईजना वडा सदस्यमा निर्विरोध निर्वाचित भएका छन् ।

मकवानपुर जिल्लास्थित उक्त गाउँपालिकामा दलित महिलातर्फ दुईजना वडा सदस्यमा निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको हो ।

एमालेबाट दलित महिला सदस्य पदमा मनोयन दर्ता गराउनुभएकी उक्त गाउँपालिका–१ की लक्ष्मी दमाइँ, र सोही गाउपालिका वडा नं ४ की सावित्रा सुनार निर्विरोध निर्वाचित हुनुभएको भएको बताइएको छ ।

ती वडामा अन्य कसैको पनि उम्मेदवारी नपरेकाले उहाँहरु निर्विरोध निर्वाचित हुनुभएको हो ।